दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो पठाइयो

काठमाडौं । दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको हो।

प्रसाईंमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ।

हेर्नुहोस् विज्ञप्ति