सहकारी पीडित र प्रहरीबीच झडप
काठमाडौँ । राजधानीको माइतीघरमा सहकारी पीडित र प्रहरीबीच प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ।
पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सो क्रममा प्रहरीको बल प्रयोग गर्दा केही घाइते भएका छन् । एकजनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन्।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। माइतीघर नजिकै निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।