जनताको प्रतिनिधित्व गर्ने राजनीति पार्टी नभएसम्म मुक्ति हुदैनः प्रवक्ता प्रकाण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताले मुक्ति नपाउने बताउनु भएको छ।
पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा वुधवार काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताउनु भएको हो।

उहाँले भन्नु भयो ‘जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नभएसम्म जनताको मुक्ति हुदैन,उन्नती हुदैन,लामो समय दासत्वको जीवन विताउनु पर्छ, ०६२।०६३ को जनआन्दोलन पछि माओवादी पार्टी र नेतामा विचलन आएको सहि हो, जसले गर्दा जनताको प्रतिनिधित्व गर्ने पार्टी भएन, त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्यो।

उहाँले आफुहरुले क्रान्तिकारी विचार दृष्टिकोणवाट पार्टी पूनर्गठन नगरेको भए नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी नै नहुने अवस्था आएको दावी गर्नु भयो।
‘जनताको प्रतिनिधित्व गर्ने पार्टी नभए साम्राज्यवादी दलालहरुको उत्पीडन भोगिरहनु पछर्’ उहाँले भन्नु भयो,सायद नेपालमा नेपाल कम्युनिष्ट पार्टी नभएको भए एमसीसी र एसपीपीको जस्ता राष्ट्रघाती सम्झौताले देश नरहने अवस्था थियो, नेकपाले राष्ट्रिय स्वाधीनको पक्षमा र भ्रष्टाचार,कमिसन तथा दलालहरुका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्यो।

प्रवक्ता प्रकाण्डले अध्यारो सुरुङ भित्र पुगेको नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनलाई मंसिर ८ गतेले तोडका्े जिकिर गर्नु भयो। उहाँले भन्नु भयो ‘नेपालका पार्टीहरु जनताको प्रतिनिधित्व गर्ने पार्टी बन्न सकेनन्, माओवादी बन्ने प्रयासमा थियो त्यो पनि सकेन,अहिले विचार लाईन र दृष्किोणको हिसावले नेकपाले देश र जनतालाई प्रतिनिधित्व गरेको छ, नेपाली जनतालाई ठुलो आसा पैदा गराएको छ।

उहाँले अबको २१ औं सताव्दी भनेको साम्राज्यवादी युगको अन्त्य र जनक्रान्तिको युगको सताव्दी हुने पनि ठोकुवा गर्नु भयो। उहाँले संघीय गणतन्त्रको नाममा नेपालमा दलाल पुँजीवादी व्यवस्था चलिरहेको भन्दै यो व्यवस्था जनताको नभएको बताउनु भयो। उहाँले दलाल पुँजीवादको अन्त्य गरेर नेपालमा समाजवादी व्यवस्था स्थापित नगरेसम्म जनताको मुक्ति नहुने विचार व्यक्त गर्नु भयो।