सहकारी बचतकर्ताको रकम फिर्ता पाउने अवस्था बनाउनुपर्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् ।

बिहीबार सहकारी पीडितहरुले काठमाडौंको माइतिघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन्

उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरे।

बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतिघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै श्रेष्ठले आपत्ति जनाए।

माइतिघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसंग झडप हुदा केहि बचतकर्ता घाइते भएका थिए। बिहीबार घाइते लगायतका सहकारी पीडितहरूले पुन माइतिघरमा प्रदर्शन गरेका थिए।