कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र निवेदन बुझाउनु पर्ने
काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर किन्न इच्छुक संस्थापक सेयर धनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल,नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा निवेदन बुझाउनु पर्ने बैंकले जनाएको छ। सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।
बैंकले तोकेको सो समयभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।