वडादेखि केन्द्रसम्म भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलियो: महासचिव विप्लव
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन्।
शनिवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन्।
पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको भन्दै उनले भने, नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ। पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन्। म भ्रष्टाचारी होइन।
उनले अघि थपे,मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ। म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन्। वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ।