नेपाल कम्युनिस्ट पार्टी र विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताबीच क्रान्तिकारी ध्रुवीकरण हुँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी र विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूबीच क्रान्तिकारी ध्रुवीकरण कार्यक्रम आज हुँदैछ। सो पार्टीका सह संयोजक हरिकृष्ण गजुरेलका अनुसार मुक्ति क्रान्तिका कार्यभार सम्पन्न गर्न क्रान्तिकारी,देशभक्तहरू आफ्नो पार्टीमा समाहित हुँदै जाने क्रम जारी रहेको बताए।

उनले भने गरिब,किसान र श्रमजीवी वर्गको पक्षमा पार्टीले काम गर्दै आइरहेकोले ध्रुवीकरणकाे कार्य चलिरहेकाे  बताए। त्यस्तै उनले भ्रष्ट,दलाल र माफियाविद्ध नेपाल कम्युनिस्ट पार्टीले जनकारबाहीको अभियान नै चलाउने बताए।

राष्ट्रिय मुक्ति क्रान्तिले मात्र देश र जनताको रक्षा गर्ने देखेपछि युवाहरूको आफ्नो पार्टी प्रति मा आक्रर्षण बढ्दै गएको बताए। आजको ध्रुवीकरण कार्यक्रम काठमाडौंको चाबहीलमा हुने भएको छ।