बेचन झा र प्रतिक थापा पक्राउपछि ओली सरकार बन्यो: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्व सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको बताए ।
उनले थपे, ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो । सिधा, सरल छ ।
यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।
अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने तर्क गर्दै अहिलेको सरकार संविधान विरोधी भएको आरोप लगाए
।