यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं। देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

दिउँसो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति म कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

ग‍ण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

काठमाडौंसहित देशभरका तापक्रम क्रमशः घट्दै गइरहेको छ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस छ। अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।