रविको रिहाइको माग गर्दै प्रदर्शन
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहँदा नेता कार्यकर्ताले माइतीघरमा रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
जिल्ल्ला प्रहरी कास्कीको हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित विषयमा बयानका लागि बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । उनको आज काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहेको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा रवि लामिछानेसँग बयान लिइएको हो।
रविको बयान भइरहँदा उनका समर्थक र कार्यकर्ताले माइतीघरमा ‘राजनीतिक प्रतिसोध बन्द गर’, ‘रवि दाईलाई रिहा गर’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।