सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढायो: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको बताएका छन्।
तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा ‘मेरिटोक्रेसी’ लागु गरेको भन्दै ती प्रयासहरूमाथि सरकारले आक्रमण थालेको आरोप लगाए।
उनले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सचेत नेपालीका निम्ति सैह्य नहुने चेतावनी दिए। सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा आफुहरुको लडाइँ जारी रहने उनको भनाइ छ।
‘सरकारले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्नेलगायत अवान्छित क्रियाकलाप गरिरहेको छ,उनले भने,भ्रष्टाचार र बेथितिविरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठ्नेछ।