सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो।
आज छापावाल सुन तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।