नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ: डा.भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा। बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।
आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेसाको रूपमा नभई अभियानको रूपमा अंगाल्नुपर्ने उनले बताए ।
भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने भन्दै भने, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ ।
यो पेसा सामान्य जीवनयापनको पेसा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान् अभियान र कर्म पनि हो।
तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हाम्रो जस्तो गरिब देशले ब्रेन डे«न अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ।