नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना खुला गरेको छ । प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवानतर्फ १ हजार १६५ जनाका लागि भर्ना खुलाएको हो ।
त्यस्तै ४७ भान्छे र ११ कुचीकार पनि माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सातै प्रदेशमा तोकिएका विभिन्न स्थानमा आवेदन दिन सक्नेछन् ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने छ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।
यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।