एनपीएल: पहिलो खेलमा कर्णाली र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्दैछन् ।

आजको पहिलो खेल कर्णाली र चितवनबीच हुँदैछ । पहिलो खेल बिहान ९ बजे र दोस्रो लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ ।

पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन् । चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ ।
यस्तै, लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।