मोहन वैद्यको दस्ताबेज सर्वसम्मत पारित
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्ताबेज सर्वसम्मतले पारित भएको छ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुरमा बसेको बन्दसत्रले संयोजक किरणलेको दस्ताबेज अनुमोदन गरेको हो। जनयुद्ध, माओवादी र संघीयताको विषय पनि वैद्यकै लाइन पास भएको रामसिंह श्रीसले जानकारी दिए।
श्रीसले भने,मूल प्रस्ताव लगायत सबै प्रस्ताव पास भए। सांगठनिक प्रतिवेदन भोलि अनुमोदन हुनेछ। पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद हुनेभयो। माओवादी विचार धारालाई आवश्यकता अनुसार छलफलमा लैजाने भयो।
‘जनयुद्धको सम्बन्धमा किरणले गरेको समीक्षालाई नै अनुमोदन गरेको छ। यसलाई विषयमा नउठाउने भएको छ। आन्तरिक रूपमा उठाउन पाइने भयो तर बाहिरी फोरममा उठाउन नपाउने भएको छ, श्रीसले भने,संघीयता पार्टीले अंगिकार गर्दै आएको पहिचान र आत्मनिर्णयको आधिकारसहितको संघीयतालाई कार्यान्वयनमा लैजाने गरी दस्ताबेज अनुमोदन भएको छ।