क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेका छन्। आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा संयोजक किरणले नयाँ केन्द्रीय समिति घोषणा गरेका हुन्।

हलले दुई अङ्क अर्थात् ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय विपरीत किरणले केन्द्रीय समिति विस्तार गरेका हुन्। तीन अङ्कको केन्द्रीय समिति बनेपछि हलमा विरोध भएको एक नेताले जानकारी दिए।

तर विरोधको बचाउ गर्दै सबै पक्षलाई समेट्दा दुई अङ्कमा समेट्न नसकिएको वैद्यले जवाफ दिएका थिए। केन्द्रीय समिति गठन भएसँगै महासचिवमा वैद्यलाई चयन गर्न लागिएको हो।