रविको बयान-रातारात अपहरण शैलीमा पोखरा ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा लगिएको बताएका छन्। आइतबार कास्की जिल्ला अदालतमा बयानका क्रममा उनले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका हुन्।

चितवनमा बयान सकेर भोलिपल्ट बिहान लगिने भनिएकोमा राति नै उठाएर ल्याउने काम भयो। भन्नलाई त मलाई पोखरा पुर्याएर चितवन लैजाने भनिएको थियो । तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ,उनले बयानमा भनेका छन।

साथै उनले चितवनमा बयान हुँदा आफूलाई टाउको दुखिरहेको र डीएसपीरएसपीकै अगाडि औषधि खाएको पनि बताएका छन्।

‘जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनु पर्थ्यो। तर, त्यहाँ मैले कुनै अस्पताल देखिन, परीक्षण त परको कुरा १ चितवन पुर्याएकै दिन बयान सुरु भयो,’ उनले भनेका छन्, ‘टाउको दुखिरहेको थियो। तर पनि बयान दिएँ।

भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साँढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो। दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन, मैले एसपी÷डीएसपीकै अगाडि औषधि खाएको थिएँ । गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ भनिनँ।