रविमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे सोधपुछमा गएनन् आईजी
काठमाडौं। मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको दुव्र्यवहारबारे अनुसन्धान सुरु गरेको छ।
सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट कास्की लैनाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो।
यस विषयमा सोधपुछका लागि आयोगले आईजी वसन्तबहादुर कुँवरलाई बोलाइए पनि उनी उपस्थित भएनन् । रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए।
आईजी कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए।
उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले आज विज्ञप्तीमार्फत जनाएको छ।
‘उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ’, विज्ञप्तीमा भनिएको छ।
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको प्रवक्ता पोखरेलले जानकारी दिए ।