चितवनले टस जित्यो, पहिले ब्याटिङमा लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

४ खेल खेलेको लुम्बिनी सबैमा पराजित छ । आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ ।चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।