यस्तो रहनेछ आज देशभरकाे माैसम ?
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।
बिहानै हुस्सु कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ।
बिहीबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
देशभर चिसो बढेको छ।
महाशाखाले बुधबार काठमाडौंको न्यूनतम तामक्रम ३.९ डिग्री सेल्सियस मापन गरेको थियो।
जुम्लामा माइनस ६.५ डिग्री सेल्सियस र जोमसोममा माइनस ३ डिग्री सेल्सियस मापन भएको थियो।
महाशाखाले पनि बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।