बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुन आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँ कायम भएको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।