एनपीएलमा प्लेअफका दुई खेल हुँदै,फाइनलमा पुग्न सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा आज प्लेअफका दुई खेल हुँदैछन्। पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्।
यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ। यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनलमा पुग्नका लागि भिडन्त हुँदैछ।
सुदुरपश्चिम शीर्ष स्थानमा छ भने जनकपुर दोस्रो स्थानमा रहेको छ। यो खेलमा विजेता फाइनल पुग्ने छ भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ।
आठ टोलीले भाग लिएको एनपीएलमा यी चार टोली प्लेअफमा पुगेका हुन्।