कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटर गुमाउँदै ११८ रन बनायो ।
कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रनको योेगदान दिए। त्यस्तै दिप खनालले २४, जेशन मक्सुटले १२, विलियम बसिस्टोले १२, चाल्डिक वाल्टन ११ र युनिस ठकुरीले १२ रन बनाए भने अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
कर्णालीका कप्तान सोमपाल कामी ५ रनमा आउट हुँदा नन्द यादव ४ रन र अर्जुन घर्ती २ रनमा अविजित रहे।
जनकपुरका लागि जेम्स नेशम, मोहम्मद मोशिम र ललित राजवंशीले समान २/२ विकेट लिए। त्यस्तै हरिश ठकर र शेर मल्लको नाममा १/१ विकेट रह्यो। अहिले जनकपुरले ब्याटिङ गरिरहेको छ।