अण्डाको मूल्य बढ्यो,प्रति क्रेट कति ?

काठमाडौं। कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो।

संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ। यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ। यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो।

चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन्।