उच्चले पनि थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा सर्वोच्च अदालत पुगेका छन्। झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्।
उनले हिजो दर्ता गराएको रिटमा आज न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। यो सँगै झाको मुद्दा अब सर्वोच्चमा सुरु भएको छ।
उच्चले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन यहि पुस १ गते आदेश गरेको थियो। जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।