सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो।

ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन्। अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन बनाएका थिए। 

जैब र विनोदले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए।

ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन्। बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए। सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो। 

जनकपुरका ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए । उनले किफायती बलिङ गरेका हुन् ।जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन्।

उनी १७ विकेटका साथ सर्वाधिक विकेट लिनेमा अघि छन् ।बलिङ गर्न बाँकी सुदूपश्चिमका स्कट कुगेलेइनले १६ विकेट लिएका छन् ।