राजस्व संकलनमा गडबढ: सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
काठमाडौं । सशस्त्र प्रहरीका चारजना उपरीक्षक (एसपी) हेडक्वार्टर तानिएका छन् । राजस्व संकलनमा गडबढ गरेको गुनासोपछि मोरङ जिल्ला प्रमुख एसपी विश्व खड्का, बाराका प्रमुख सन्तोष बहादुर सिंह र बाँकेका प्रमुख बिमल डाँगीलाई हेडक्वार्टर झिकाइएको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयम्भूले एकसाता अघि धनुषाका एसपी दर्शन गिरीलाई पनि झिकाएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले राजश्व संकलनमा कमी आएपछि उनीहरुलाई स्पष्टिकरणका लागि बोलाइएको बताए ।
डीआईजी न्यौपानेले बिगतको महिनामा भन्दा पछिल्ला महिनामा राजस्व संकलनमा कमी आएपछि सोधपुछका लागि झिकाइएको बताए। उनीहरुबारे सोधपुछपछि थप निर्णय हुने डीआईजी न्यौपानेले बताए।