नेवा दय् दबु तिलोत्तमा नगर समितिको अध्यक्षमा दिनेश कक्षपति निर्वाचित

काठमाडाैं।  नेवा दय् दबु तिलोत्तमा नगर समितिको दोस्रो नगर अधिबेशन सम्पन्न गरिएकाे छ। नगर समितिको निर्वाचनमा सर्वसम्मत अध्यक्षमा दिनेश कक्षपति  निर्वाचित हुनुभयो भने वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ,उपाध्यक्षमा नरप्रसाद श्रेष्ठ ,महिला उपाध्यक्षमा सुशीला श्रेष्ठ , महिला सचिवमा राधा श्रेष्ठउदय,सचिवमा दिपेश कुमार अमात्य र कोषाध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएकाे छ। 

उक्त निर्वाचनमा २४ सदस्य कार्यसमिति गठन गरिएकाे छ। उक्त अधिवेशनमा जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठबाट पानसमा बत्ति बाली कार्यक्रमको शुभारम्भ गरिएकाे थियाे भने अन्य अतिथि अध्यक्षहरूले आफ्नो मन्तव्यहरू राख्नुभयो।

त्यस्तै डा.निरञ्जनलाल कक्षपतिको निर्वाचन संयोजनमा किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठसहितकाे टाेलीले निर्वाचन सम्पन्न गरेकाे थियाे। उक्त कार्यक्रममा पाल्नुभएका जिल्ला अध्यक्ष, नगर अध्यक्षहरू र तिलोत्तमा नगरभित्र रहनुभएको खल पुचका अध्यक्ष तथा प्रतिनिधिहरूलाई विशेष धन्यवाद तथा आभार व्यक्त गरिएकाे थियाे।  

त्यस्तै  अधिवेशन सम्पन्न भएसँगै सदस्यहरूलाई आगामी दिनको कार्य योजना सहितको जिम्मेवारी दिएको छ।समितिले अहिले मन्दिर निर्माण अनाथ आश्रमहरुलाइ सहयोग लगाएतका धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। नेवारी सस्कृतीको संरक्षणका साथै नेपाली भेषभुषाको जग्रेनाको लागि नेवारी लाखे नाच, गाई जात्रा, हिले जात्रा र बाघ जात्रा जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ।समितिले अहिले सम्म धेरै सामाजिक कामहरु गरि सकेको र आउँदा दिनमा यसको दाहेरा बढाउदै देशको एउटा धरोहरको रूपमा परिचीत गराउने लक्ष्य रहेको छ।