प्रहरीका दुई हवलदारसहित ३० प्रहरीलाई कारबाहीको चेतावनी
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हबलदारसहित ३० जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार एक सूचना जारी गर्दै लामो समयदेखि सम्पर्कबिहीन भएका दुई प्रहरी सहायक हवल्दारसहित ३० प्रहरीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन भनेको हो।
उनी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैर हाजिर हुनेमा प्रहरी सहायक हबलदारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका छन्।
समयमै हाजीर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।
को–को सम्पर्कबिहीन