नेपाल कम्युनिष्ट पार्टीले झापा र कञ्चनपुरबाट मुक्ति मार्च एकसाथ आजबाट सुरू गर्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले देशका दुई ऐतिहासिक जिल्ला झापा र कञ्चनपुरबाट मुक्ति मार्च आजबाट सुरू गर्दैछ। स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च आजबाट सुरू गरिएको कार्यलय सदस्य शिलु न्यौपानेले बताएकी छन्।

उनले आज (बिहिबार) देशका दुई ऐतिहासिक तथा सामरिक जिल्लाहरु झापा र कञ्चनपुरबाट मुक्ति मार्च सुरू गर्ने पार्टीले केही महिना अगाडि घोषणा गरेको थियाे त्यही अनुसार आजबाट मार्च सुरू गरेको नेता न्यौपाने बताएकी छन्।

त्यस्तै ऐतिहासिक जिल्ला झापा र कञ्चनपुरबाट पार्टीका संयोजक वसन्त बोगटी र सह-संयोजक हरिकृष्ण गजुरेलले एकसाथ मुक्ति मार्च सुरू गर्ने नेता न्यौपानेले बताइन।

संसदीय गुट, प्रतिशोध र सत्रुतापूर्ण अन्तरविरोधको प्रक्रियाबाट जनता आजित भइसकेको निश्कर्ष निकाल्दै नेकपाले नेपाललाई नयाँ र क्रान्तिकारी विकल्प दिन मार्चबाट सुरू गरिएको बताइन।

मुलुक संकटग्रस्त अवस्थामा गुज्रिरहेको,संकटै–संकटले जेलिएको र विदेशी उत्पीडन र निजीकरण उन्मूलन गरी स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनामा दृढ संकल्प व्यक्त गर्दै मुक्ति मार्च घोषणा गरिएको नेता न्यौपानेकाे भनाइ छ।

सबै प्रकारको विदेशी उत्पीडन र विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने उद्देश्यसहित पार्टी जनताको बीचमा जान लागेको र ‘माओ डे’ को दिन आफूहरुले राष्ट्रिय मुक्ति मार्च अभियान सुरु गरेको बताइन।

नेपाल आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा ग्रसित रहेको र केही मुठ्ठीभरका दलालहरुले अहिलेको अर्थतन्त्र कब्जाकोले मुलुक भुमरीमा फस्नुको मूल कारण संसदीय व्यवस्था रहेको जानकारी जनतालाई गराउन मुक्ति मार्च सञ्चालन गरिएको न्यौपानेले बताइन।