सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।