८ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका ८ उपसचिवहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

जसमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल परराष्ट्र सेवा ५, नेपाल लेखापरीक्षण सेवा १ र नेपाल इन्जिनियरिङ सेवाका २ उपसचिव बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी, प्रकाश अधिकारी, दधिराम भण्डारी, डमरुवल्लभ पौडेल, पारस पण्डित रहेका छन्। यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठ रहेका छन् भने नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ र शम्भु मिश्र रहेका छन्।