सामाजिक सुरक्षा कोषले माग्यो २९ कर्मचारी
काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा पदपूर्तिका लागि कर्मचारी माग गरेको छ।
कोषले आज एक सूचना जारी गर्दै आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि दसौँ तहदेखि चौथो तहसम्म गरी २७ वटा पदमा २९ जना कर्मचारी माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।