बैंक,वित्तिय संस्थामा संकट,बेलैमा नसुध्रिएको परिमाण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीन वर्षअघि भनेका थिए, ‘बैंक, वित्तिय संस्थाको ठगीभन्दा मौलायो। यदि समयमै सरकारले नसुधारे यी संस्था डुब्ने,भाग्ने छन्। बैंक, वित्तिय संस्थाबाट लाखौं सर्वसाधारण पीडित भएपछि उनले सोविरुद्ध आवाज उठाए। पीडित जनताको उनी आवाज बने।

बैंक, वित्तिय संस्थाहरुले घुस खाएर एक करोड बराबरको धितो राखेर ४५ लाख ऋण दिन्थे। सेवाशुल्क तीन प्रतिशत र ब्याज ८० प्रतिशतसम्म असुल्थे। अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो लाखमै पचाइदिने। यसबाट एक, दुई जना मात्र नभई लाखौं सर्वसाधारण पीडित भएका छन्।

बैंक, वित्तिय संस्थाले धितो खाइदिँदा उनीहरु घर न घाटको अवस्थामा पुगेका छन्। तर, भनिन्छ नि कहिले सासुको पालो कहिले बुहारीको पालो। बैंक, वित्तिय संस्थाका कारण सयौं सर्वसाधारणले आत्महत्या गरे । आफ्ना परिवार समेत सिध्याए। कतिपय देशै छोडेर भागे । कतिपय अस्पतालमा मर्ने दिन कुरेर बसिररहेका छन्।

बैंक, वित्तिय संस्थाले लाखौं सर्वसाधारणलाई पीडित बनायो। अब भने यी संस्था नै टाट पल्टिने अवस्थामा पुगेका छन्। हिजो सोझासाझा जनतालाई ठगेका यीनीहरु अहिले आफैं डुब्ने अवस्थामा पुगेका छन्। प्रसाईंले बैंक, वित्तिय संस्थालाई सुध्रिन पटकपटक आग्रह गरे। यद्यपि, बैंक, वित्तिय संस्थाले अटेर गरे । उल्टै प्रसाईंलाई कारबाही गर्नुपर्ने माग गरे।

आफ्ना कमीकमजोरी सुधारेर जनतामा विश्वास पैदा गर्नुको साटो बैंक, वित्तिय संस्थाले हामीभन्दा कोही ठूलो छैन भन्ठाने। अहिले सहकारीपछि बैंक, वित्तिय संस्थामा समस्या देखिन थालेको छ । यी संस्था पनि सहकारीकै अवस्थामा पुग्ने देखिन्छ। किनकि बैंक, वित्तिय संस्थाप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ।

अहिले जनता जोखिम मोलेर घरमै पैसा राख्छन् तर बैंक, वित्तिय संस्थामा राख्न तयार हुँदैनन्। यता, यी संस्थाबाट कर्जा लिने पनि कोही छैन । ऋण लिएरमा बैंकले घर न घाटको अवस्थामा पुर्याइदिन्छ भनेर थाहा भएपछि जनता कर्जा माग्न नगएका हुन् । कर्जा प्रवाह ठप्पसँगै बैंकको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको छ।

पहिलापहिला ऋण तिर्न नसकेपछि आत्महत्या गरिन्थ्यो। आफ्ना परिवार मारिन्थ्यो । कि देशै छोडेर भागिन्थ्यो। तर, अहिले सर्वसाधारणमा आत्मविश्वास बढेको छ। किनकि उनीहरुले बैंक,वित्तिय संस्थाको ठगीधन्दा बुझे। अहिले ऋणी आत्महत्या गर्दैनन्, उल्टै बैंक घेर्न पुग्छन्।

यसबाटै थाहा हुन्छ कि सर्वसाधारणमा कति चेतना आइसक्यो। अब कोही पनि बैंक, वित्तिय संस्थाको लुटधन्दाविरुद्ध मौन बस्ने छैनन्। विगतमा पो जनता सोझो थिए। उनीहरु बैंक, वित्तिय संस्थाको ठगीधन्दाबारे अन्जान थिए।

तर, अहिले सबैले सबै कुरा बुझिसकेका छन्। त्यसकारण अब बैंक, वित्तिय संस्था धेरै समय टिक्ने छैनन्। भनिन्छ अन्याय गर्नु तर अत्याचार गर्नु। बैंक, वित्तिय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेर लुट्नु लुटे । तापनि यीनीहरुलाई पुगेन। अनि ऋणीको धितोमाथि नै कब्जा जमाए। यदि चर्को ब्याज मात्र लिएको भए जनता चुपचाप बस्थे।

सहन्थे । तर, बैंक, वित्तिय संस्थाहरुले हामीले जति लुटेपनि कसैले केही गर्न सक्दैँन भन्ठानेर सर्वसाधारणको करोडौंको धितो लाख रुपैयाँमा खाइदिए । त्यसपछि जनतामा आत्मबल बढेको हो । कोही पनि व्यक्तिलाई धेरै पीडा दिएमा ऊ कि त मर्छ कि झनै बलियो बन्छ । यसरी नै बैंक, वित्तिय संस्थाहरुले जनतालाई गर्नुसम्म अत्याचार गरेपछि उनीहरु मजबुत भएर उत्रिएका हुन् ।

स्मरण रहोस् कि जनता लागेमा न सरकारको केही लाग्छ न कसैको । अनि बैंक, वित्तिय संस्था त को हुन् र ? अहिले बैंक, वित्तिय संस्थाबाट पीडित भएकाहरु एकजुट हुँदैछन् । छिट्टै उनीहरुले बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कालोमोसो दली जुत्ताको माला लगाएर चौकीमा बुझाउने छन् । अब पीडित जनताले आत्महत्या गर्ने छैनन् ।

लड्ने छन्, बैंक तथा वित्तिय संस्थाविरुद्ध । हुन त सरकारमा बसेकाहरुकै साथमा बैंक, वित्तिय संस्थाहरुले सोझासाझा सर्वसाधारण ठग्दै आएका थिए । यद्यपि, सरकारले यस्ता ठगहरुको साथ दिएपनि सञ्चारमाध्यमले भने दिएनन् । उनीहरुले पीडितको पक्षमा कलम चलाए । जसका कारण पीडितहरुमा बैंक, वित्तिय संस्थाको लुटधन्दाविरुद्ध उत्रिनुपर्ने हिम्मत आएको हो ।

सर्वसाधारणको नजरबाट बैंक, वित्तिय संस्था गिर्दै गएका छन् । यी संस्था चोर, ठग हुन् भनेर जनताले बुझिसकेका छन् । त्यसैले, अहिले आफ्नो घरमा बैंक, वित्तिय संस्था सञ्चालन गर्न दिएका घरधनीहरुलाई घर खाली गराउन आपत परेको छ । अहिले सरकारी तथा निजी दुवै बैंक, वित्तिय संस्थामा पैसा निकाल्नेको भीड छ ।

यही क्रममा निक्षेपकर्ताहरुले रकम निकालेमा बैंक छिट्टै टाट पल्टिने छ । सहकारीभन्दा पनि नाजुक अवस्थामा बैंक पुग्ने देखिन्छ । त्यसो त बैंकका कर्मचारीहरुले बचतकर्ताहरुको खाताबाटै रकम चोरेको घटना पनि बेलाबखत बाहिरिने गरेको छ । बैंकले ऋणीलाई त सँगै विश्वास गरेर बचत गरेका जनताप्रति पनि जिम्मेवार भएन।

सरकार होस् या कुनै पनि संघसंस्था जनताको विश्वासबिना चल्न सक्दैन। सर्वसाधारणले विश्वास नगरेको खण्डमा जस्तोसुकै बलियो संस्था पनि ढल्न सक्छ । उदाहरणका लागि सहकारीलाई नै लियौं। जनताले विश्वास गरेसम्म सहकारीहरु राम्ररी चलिरहेका थिए । तर, जब जनताले सहकारीको ठगीधन्दाबारे थाहा पाए र बचत गर्न छोडे त्यसपछि यी संस्था भाग्नुपर्ने अवस्थामा पुगेका छन्।

ह्ुन त सहकारी र बैंक,वित्तिय संस्थाहरुकै लगानी तीन क्षेत्रमा पाइन्छ। घरजग्गा, गाडी र सेयर । सहकारी त यी क्षेत्रमा लगानी गर्न भाग्यो। अब पालो बैंकको आएको छ। कोरोना महामारीपछि यी तीनै क्षेत्रमा व्यापक मन्दी छ। घरजग्गा, गाडी र सेयरको किनबेच ठप्पै छ। त्यसैले, सहकारीपछि अब पालो बैंकको आएको स्पष्टै हुन्छ।

दलालीहरुले एक हजार रोपनीमा बिक्री नहुने जमिन टुक्राटुक्रा बनाएर आनाकै लाखौंमा बेचबिखन गरे । छिमेकी देशमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३०–३५ लाखमा बेचियो। बैंकबाट सय रुपैयाँ कित्तामा निष्काशन भएको सेयर पनि दलालीहरुले नै तीनदेखि पाँच हजारमा बेचे । दलालीको लहैलहैमा लागेर व्यक्तिदेखि बैंक, वित्तिय संस्थाले यी तीन क्षेत्रमा लगानी गर्यो।

तर, अहिले यो क्षेत्र सुस्ताउँदा जनता डुबे। सहकारी भाग्यो। सँगै बैंक,वित्तिय संस्था र देशकै अर्थतन्त्रमा संकट निम्तिएको छ। अब बैंक,वित्तिय संस्था चल्न सक्दैनन्। जसरी सहकारी भाग्यो,त्यसरी नै बैंक,वित्तिय संस्थाहरु पनि छिट्टै भाग्नेछन्। हिजो सोझासाझा नागरिकलाई ठगेको परिमाण अब बैंक,वित्तिय संस्थाले भोग्ने छन्।