राष्ट्रिय मुक्ति क्रान्तिले मात्र देश र जनताको रक्षागर्छ,संसदीय ब्यवस्थाले देशमा अराजकता ल्यायो: सह-संयाेजक गजुरेल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले पूर्वको मेचीपुल र पश्चिमको गड्डाचौकिबाट राष्ट्रिय मुक्ति मार्च शुरुवात गरेको थियो। पुष ११ गते बिहीबार माओ दिवसको अवसरमा पूर्वको मेचीपुल र पश्चिमको गड्डाचौकिबाट मुक्ति मार्च शुरुवात गरेर देशका विभिन्न जिल्लाहरूमा कोणसभा गर्ने पार्टीले जनाएको छ।

त्यस्तै नेपाल सबै किसिमका समस्याबाट संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ भने मुलुक विदेशीहरूको रणमैदान बन्दै गएकोले नेपाली जनता संकटै–संकटले जेलिएको अवस्थामा रहेकाे सहसंयाेजक हरिकृष्ण गजुरेलले बताए।

विदेशी उत्पीडन,निजीकरण उन्मूलन गरी स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनामा गर्न राष्ट्रिय मुक्ति मार्चले ठूलो भूमिका खेल्ने सहसंयोजक गजुरेलले बताए।राष्ट्रिय मुक्ति मार्चंको मार्फत ७० लाख जनतासम्म पुगेर पार्टीको धारणा स्पष्ट पार्दै संसदीय व्यवस्थामा देखिएको अराजकता बारे भण्डाफोर गर्ने सहसंयोजक गजुरेलले बताए।

उनले भने सबै प्रकारको विदेशी उत्पीडन र विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय मुक्ति मार्च अभियान सुरु गरेको स्पष्ट पारे।

नेपाल आर्थिक,सामाजिक र साँस्कृतिक रुपमा ग्रसित रहेको र केही मुठ्ठीभरका दलालहरुले अहिलेको अर्थतन्त्र कब्जा गरेर मुलुकलाइ संकट ग्रस्त बताएको नेता गजुरेलको भनाइ छ।

नेपाल आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा ग्रसित रहेको अवस्थामा यो राष्ट्रिय मुक्ति मार्चको ठूलो महत्व रहेको बताए। राष्ट्रिय मुक्ति क्रान्तिले मात्र यो देशको विकास निकास गर्न सकिने र युवायुवतीलाइ देशमै रोजगारको व्यवस्था गर्न सकिने भएकाेले एकपटक मुक्ति क्रान्तिको बाटोमा अगाडि बढ्न सम्पूर्णलाइ ३ कराेड जनतालाइ आग्रह गरेका छन्। उनले भने अब एकपटक निर्णायक आन्दोलन गर्नुपर्छ त्यसैले देशभरका युवाहरूलाइ याे मुक्ति क्रान्तिमा साथ दिएर सहयाेग गर्न समेत आह्वन गरेका छन्।  

उनले भने झापाका जनताले याे भन्दा पहिला केपी ओलीलाइ भाेट दिएर प्रधानमन्त्री बनाएपनि याे भन्दा पछि जनताले भाेट दिएर फेरि प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेख्न समेत आग्रह गरे।र शिक्षा र स्वास्थ्यमा  माफियाहरूकाे रजगज भएकाेले जनताले दुख पाएका छन् अब माफियाविरूद्ध लड्न सबै जनता एक हुनेबेला आएकाे सह-संयाेजक गजुरेलले बताए। 

सो पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ‘राष्ट्रिय मुक्ति मार्च’को आरम्भ गर्दै पार्टीका नेताहरुले यो ब्यवस्थाबाट देश र जनताको हित नहुने बताएका छन्। पार्टीका केन्द्रीय सह संयोजक  हरिकृष्ण गजुरेलले देश र जनताको वास्तविक हितका लागि फेरि एक पटक आन्दोलनमा हाेमिनु पर्ने बताएका छन्।