घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौं।आइतबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो।
त्यसअघि शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबारको तुलनामा काठमाडौंको आकाश खुला भएको र मौसम सफा भएकाले न्यूनतम तापक्रम केही घटेको मौसमविद गोविन्द झाले जानकारी दिए। अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको उनले बताए।
देशका अन्य भूभागहरुमा पनि न्यूनतम तापक्रम केही घटबढ भएको उनले बताए।
शनिबारसम्म सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादली हुँदा न्यूनतम तापक्रम केही बढेको भएपनि अहिले त्यसको प्रभाव नहुँदा केही घट्न सक्ने उनले बताए।