प्रहरीमा दुई एआईजीको दरबन्दी रिक्त,यी हुन् तीन प्रतिस्पर्धी
काठमाडौं । नेपाल प्रहरीमा भोलिदेखि एआईजी दर्जाको थप एक दरबन्दी रिक्त हुँदैछ। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण आजराति १२ बजेबाट अनिवार्य अवकाश हुँदैछन्। यससँगै एआइजीको रिक्त संख्या दुई पुग्न लागेको हो।
यसअघि यही पुस ४ गतेमात्रै एआईजी दज्र्यानी चिह्न लगाएका भरतबहादुर बोहरा उमेरहदकै कारण पुस ११ गते अवकाश भइसकेका छन्। दुई एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि तीन प्रतिस्पर्धी तयार छन्।
एआइजी बढुवाको प्रतिस्पर्धामा रवीन्द्र केसी, कुवेर कडायत र जनक भट्टराई छन्। वरिष्ठताका आधारमा केसीको बढुवा निश्चित जस्तै छ भने कडायत र भट्टराईबीच को छनौटमा पर्छ भन्ने शक्तिकेन्द्रमा कसको पहुँच बढी छ भन्नेमा निर्भर छ।