आज संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्‌ अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ ।

संघीय संसद्‌ सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न बिहान ११ बजे बस्न लागेको हो ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बोलाइएको छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ।