बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं। बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर आज बिहान ७ः ५४ बजे भूकम्प गएको हो। नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला, जाजरकोट लगायत पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पका धक्का महसुस हुँदै आएको छ।