सहकारी ठगी: रवि छुटाउन वकिलको पोखरामा लर्को
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा दर्ता भएसंगै धमाधम बयान चलिरहेको छ। कास्की जिल्ला अदालतमा तीन पक्षका वकिलहरुको जमघटले माहोल गर्माएको छ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा जारीबयान सकिए पछि थुनछेक बहस चल्ने छ ।थुनछेक बहसपछि अभियुक्त पाँच जनालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने वा छोड्ने भन्ने फैसला हुनेछ।
पोखरामा हाल कानुन व्यवसायीहरुको कुम्भमेला नै लागेको छ। नेपालका एकसेएक नाम चलेका वकिलहरुयतिबेला पोखरा पुगेका छन्। जसमावरिष्ठ अधिवक्तासुशील पन्तदेखि नारायण घिमिरे, मेघराज पोखरेल,हरि सुवेदी लगायतका छन्।
उनीहरुको यो जमघट कुनै अधिवेशन वा भेलाको भने होइन। सहकारी प्रकरणका आरोपित रवि लाछिानेसहितको मुद्दाकोबहसका लागि उनीहरुपोखरा पुगेका हुन्।
पूर्वगृहमन्त्री लामिछानेको पक्षमा सोविता गौतमसहित झण्डै एक दर्जनभन्दा धेरै वकिलहरुपोखरामा छन्। सरकारी पक्षका वकिलहरु पनि आधा दर्जन जति छन् भने सहकारी पीडित पक्षका वकिलहरु एक दर्जनभन्दा बढी छन्।
आरोपितहरु छविलाल जोशी, लिला पछाई,देव कुमार नेपाली लगायतका वकिलहरु पनि पोखरामा तैनाथ अवस्थामा छन्। यसले कास्की जिल्ला अदालत वरिष्ठ अधिवक्ताहरुको भिडले खचाखच भरिएको छ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा धमाधम रवि पक्ष, सरकारी पक्ष र सहकारी पीडित पक्षका वकिलहरुको बहस र अभियुक्तहरुको बयान पनि चलिरहेको छ।
७३ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेले कान्छा न्यायाधीश नीतिज राईको इजलासमा आफूलाई थुना बाहिर राखेर अदालतमा मुद्दा चलाइयोस् भन्दै माग गरिरहेका छन्।
उनले सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै कसुर नगरेको भन्दै इन्कारी बयान दिँदै आएका छन्। सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत आइतबार रविसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भए संगै धमाधम बयान चलिरहेको हो।
आइतवारसम्म रवि, छवि र लिला लगायतको बयान सकिएको छ। अब बाँकी अभियुक्तहरुको बयान बुधवारसम्म सकिने र विहीवार सम्ममा लामिछाने लगायतको थुनछेक बहस सुरु हुने अनुमान गरिएको छ। थुनछेक बहसपछि हुनेफैसलामा तीन विकल्प छन्। पहिलो पूर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने, दोस्रो धरौटीमा छोड्ने र तेस्रो साधारण तारिखमा छाड्ने।
सरकारवादी वकिलहरुले लामिछानेलाई थुनामा राखेर मुद्दा चलाउनु पर्ने माग सहित अदालतमा मुद्दा दर्ता गरेका छन्। रवि पक्षका वकिलहरुले भने लामिछानेको सहकारी रकम अपचलनमा कुनै पनि संलग्नता नरहेको भन्दै उनलाई निःशर्त रिहाइको माग गरिरहेका छन्।
यद्यपि, सबै अभियुक्तहरुको बयान पछि हुने थुनछेक बहसले बाँकी कुराको निर्धारण गर्ने छ। साथै लामिछानेलाई थुनामा नपठाई अदालतले धरौटीमा छाडेको अवस्थामा भनेसंघीय संसद सचिवालयले निलम्बन गरेको उनको सांसद पद फुकुवा होला वा अन्तिम फैसला नआउन्जेल निलम्बन मै पर्छ रु त्यो भने हेर्न बाँकी छ।