माओवादीसँगको एकताबाट भागेको हाेइन: महासचिव विप्लव
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन्। पार्टी एकता भन्दा पनि कम्युनिस्ट विचार बाेक्ने पार्टीहरूसँग ध्रुवीकरण गरेर एकता जाँदा राम्रो हुने आफ्नो पार्टीको बैठकले निर्णय गरेको बताए।
पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन्।
माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको बताए ।