सहकारी ठगीमा कांग्रेसका ठूलै नेता देखिए पाता कसेर अनुसन्धान गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन्।

मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै भने,यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू।

थापाले गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने बताएका छन्। जसले ठगी गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाले बताए।

‘सहकारीको पैसा लगेर महिना आठ/दश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्‍यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ। त्यही होइन कानुनको शासन भनेको ? उनले भने।