पाल्पामा स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं। पाल्पामा स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार साँझ सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवलतर्फ जाँदै गरेको बीआर २२ बीडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पिओ बगनासकाली गाउँपालिका–३ आर्यभन्ज्याङ नजिक सडकबाट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते सबै भारतीय नागरिक हुन्। उनीहरु सबैको लुम्बिनी मेडिकलमा उपचार गरिएको र सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिए। घुम्ती सडकमा तीव्र गतिमा गुडाउँदा गाडी पल्टिएको प्रहरीले आशंका गरेको छ।