बालगायक सचिन परियारको निधन
काठमाडौं । बालक गायक सचिन परियारको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएर चचाएमा आएका सचिनको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिएपनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनी १३ वर्षका थिए ।
सचिनका बाबु तेजेन्द्र परियार ‘कलौटे०ले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।
मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा अस्वस्थ्य कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ।