शेरा दरबार जग्गा प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गाका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले राज्यको सम्पत्ति व्यक्तिको नाममा गर्ने काममा संलग्न जोकोहीलाई कारबाही हुनुपर्ने बताएका हुन् ।

छानबिन गर्दै जाँदा आफूलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ भनेर आफूले भन्दै आएको उनले बताए । शेरा दरबारको जग्गाका विषयमा छानबिन गर्न सरकारलाई सहयोग गर्ने उनको भनाइ छ।

प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसअघि नै आपत्ति समेत जनाइसकेका छन्।