मुगुमा भूकम्प धक्का महसुस

काठमाडौं । मुगुमा भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले लुमा क्षेत्र केन्द्रविन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

हिजो दिउँसो मात्रै सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । पुस २ देखि आज पुस १९ गते बिहानसम्म नेपालमा ३ म्याग्निच्युडमाथिका १० पटक भूकम्प गइसकेको छ ।

जसमध्ये ९ भूकम्प त पश्चिम नेपालमा मात्र गएको छ । पुस लागेयता नेपालमा ३ म्याग्निच्युडमाथिका लगातारजसो भूकम्प गइरहेको छ।