आरिफको कप्तानीमा एलिट कपका खेल्ने पुलिसको टोली घोषणा
काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।
पुलिसले आरिफ शेखको कप्तानीमा आउँदो सातादेखि हुने एलिट कप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी–२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् ।
जसमा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सरेला रहेका छन् ।
क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुँदैछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा परेका टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश)को सहभागिता रहने छ ।
जसमा नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन्। प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक९एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन्।