बाजुराको कोल्टी क्षेत्रका चारवटा स्थानीय तहमा ईलाका प्रशासन कार्यालय स्थापनाको माग,माग पुरा गर्ने गृहमन्त्री लेखकको प्रतिबद्धता

काठमाडौं। बाजुरा जिल्लाको कोल्टी क्षेत्रका चार स्थानीय तहमा इलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै ज्ञापनपत्र बुझाइएकाे छ। जनताका भाैतिक दु:खलाई मध्यनजर गर्दै ईलाका प्रशासन कार्यलयको मागसहित गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाइएको हाे। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डबल सीको नेतृत्वमा गएको टोलिले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउदै जनताले पाएका भाैतिक दु:खलाइ बुझेर यी माग तत्काल सम्बोधन गरिदिन आग्रह गरेका थिए।

त्यस्तै गृहमन्त्री रमेश लेखकलले बाजुराको कोल्टी क्षेत्रका चार वटा स्थानीय तहका जनतालाइ मध्यनजर गरेर आफुले त्यो क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न तत्काल पहल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रालयमा मागपत्र बुझ्दै मन्त्री लेखकले त्यो क्षेत्रमा आफु पुगेको सन्दर्भ राख्दै आफुले त्यो क्षेत्रका जनताको दु:ख राम्रोसँग बुझेकोले यो माग सार्दभिक रहेको र पहलकदमी अगाडि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्। उनले भने राज्यले जनताको सेवा नै गर्ने हो,त्यसैले हामी जनताको सेवा गरिरहेका र्छौ,यो मागपत्र पनि जनताकै सेवाको लागि भनेर आफुले लिएको मन्त्री लेखकले बताएका छन्।

त्यसैगरी उक्त क्षेत्रका जनतालाई जिल्ला प्रशासन कार्यालय गएर नागरिकता बनाएर फर्किन मात्र २-३ दिनको समय लाग्ने र ५ देखि १० हजारसम्म न्युनतम खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाकाे अन्त्य गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइएकाे छ। देशमा संघीयता भएपनि बाजुरा जिल्लाका चार वटा स्थानीय तहका जनताले कुनै पनि किसिमको संघीयताकाे महसुस भने गर्न पाएका छैनन्।

विगत एक दशकभन्दा लामो समयदेखि त्यस क्षेत्रमा प्रशासनिकलगायतका शाखा कार्यालय विस्तारका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नागरिकहरुले सरकारसँग पटकपटक अनुरोध गरे पनि अहिलेसम्म बेवास्ता गरिदै आएकाे मागत्रमा उल्लेख गरिएकाे छ। तर, दुःखका साथ भन्नुपर्छ कि राज्यबाट त्यस क्षेत्रका जनताको पीडालाई अहिलेसम्म सम्बोधन हुन भने सकेको छैन।

यो माग चार वटै स्थानीय तहमा बसुबाुस गर्ने सम्पूर्ण जनताको माग भएकोले गृहमन्त्रीले नजरअन्दाज नगरेर जनताको भाैतिक दु:ख बुझी तत्काल माग सम्बोधन गरेर प्रक्रिया अगाडि बढाउन जोडदार माग गरिएको छ। 

त्यस्तै मागपत्रमा सुदुरपश्चिम प्रदेशमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय,सेती लोकमार्ग,महाकाली कोरिडर तथा रारालाई बाजुरा हुँदै खप्तड जोड्ने लिंक रोडका कामहरु कार्यान्वयन गर्ने विषय सुस्त अवस्थामा रहेकाले कार्यान्वयनमा गति प्रदान गरियोस् भनी माग समेत गरिएको छ भने ज्ञापनपत्र बुझाउने टोलीमा डबलबहादुर सी, संविधानसभा सदस्य,रनसुर महतरा ‘रमेश’, सञ्चारकर्मी,नैनबहादुर बुढा,कृष्ण वि.क.सञ्चारकर्मी,लाल बहादुर सी,सन्देश रावल र शैलेन्द्र उपाध्याय लगायतको सहभागीता रहेको थियो। 

यस्ताे छ गृहमन्त्री रमेश लेखकलाई बुझाइएको ज्ञापनपत्र