कालिकोट प्रेस सेन्टरमा नयाँ नेतृत्व: अध्यक्षमा विरेन्द्र आचार्य चयन

कालिकोट।प्रेस सेन्टर नेपाल कालिकोट जिल्लाको अध्यक्षमा विरेन्द्र आचार्य चयन भएका छन्। शुक्रबार मान्ममा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।

आचार्यको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा खुला उपाध्यक्षमा पूर्णसिंह बम, महिला उपाध्यक्षमा सुरसानाथ योगी, सचिवमा कमल बुढा, खुला सहसचिवमा दिनेश फर्साल, समावेशी सहसचिवमा धनबहादुर बिक, र कोषाध्यक्षमा कमल कुमाल चयन भएका छन्।

वरिष्ठ सदस्यको रूपमा केशब शाही र सजिप्ता वम चयन भएका छन्। यस्तै, सदस्यमा दिलिप चौलागाई, कल्पना चौलागाई, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की र तिलक विष्ट चयन भएका छन ।

तेस्रो जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दिपेन्द्र शर्मा, केन्द्रिय सदस्य रत्न कार्की, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्वय काली बहादुर मल्ल र खडानन्द अधिकारी, प्रेस युनियन जिल्ला अध्यक्ष नमराज योगी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तुलाराम पाण्डे, तथा नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव सरोज बोगटीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

सम्मेलनबाट ६ जना प्रदेश प्रतिनिधि र ४ जना केन्द्रिय प्रतिनिधि पनि चयन गरिएका छन्। प्रदेश प्रतिनिधिमा प्रेरणा विक, सन्तोष भण्डारी, टिकराज उपाध्याय, डम्बर शाही, प्रकाश “जुन” बिकलगायत रहेका छन्। केन्द्र प्रतिनिधिमा रुपेन्द्र ऐडीलगायतका व्यक्तिहरू चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष विरेन्द्र आचार्यले प्रेस सेन्टरको नयाँ कार्यसमिति पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको सुदृढीकरण, र जिल्लाको समग्र प्रगतिमा सक्रिय रूपमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।